ताजा खबर राजनीति समाचार

नेविसंघको मतदान जारी

नेविसंघको मतदान जारी

Nebisang

भदौ २ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनको बुधवार दिउँसोबाट शुरु भएको मतदान रातभर पनि नसकिएपछि विहिवार विहानसम्मपनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मत खसाल्नका लागि महाधिवेशन प्रतिनिधीहरु रातभर लाइनमा बसेका थिए । महाधिवेशन प्रतिनिधीहरु बर्षाको प्रतिकुल मौसमको वावजुद पनि मत खसाल्न प्रतिक्षारत थिए ।

निर्वाचन समितिका सदस्यहरुले मतदान राति २ वजेसम्म सकिने आँकलन गरेपनि विद्युतीय भोटिङ मेसिनमा मतदान गर्ने प्रक्रिया देखिएको अलमलले पनि धेरै समय लागेको बताइएको छ । महाधिवेशन प्रतिनिधीहरुले मत हाल्ने तरिका सिक्दै प्रयोग गर्दा समेत निकै समय लागेको निर्वाचन समितिका पदाधिकारीहरुको भनाई छ ।

Nepal Studnet Union