राजनीति

नेविसंघको निर्वाचन शुरु, ६ सय ८५ जना उम्मेदवार, मत परिणाम आजै आउने

नेविसंघको निर्वाचन शुरु, ६ सय ८५ जना उम्मेदवार, मत परिणाम आजै आउने

nebisangभदौ १ । महाधिवेशन शुरु भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बिहान ११ बजे मतदान शुरु भएको हो ।

प्रतिनिधि विवादका कारण महाधिवेशनमा नाराजुलुश, कुटाकुट र गृहमन्त्री एंव कांग्रेस नेता बिमलेन्द्र निधीको पुत्ला दहनसम्म भएको थियो ।

साँझ ७ बजेसम्म मतदान समय तोकिएको छ । बिद्युतीय मतदान भएकाले निर्वाचन सकिएको २ घण्टामै मत परिणाम सार्वजनिक हुंँने बताइएको छ ।

निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उमेदवारी परेको छ । कुल १ सय ५१ सदस्यीय समितिमा बाँकी २२ जना निर्वाचित सभापतिले मनोनयन गर्ने प्रावधान छ ।

एक अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री, १३ सहायकमन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् ।

सभापतिको एक पदमा ७ जनाको उम्मेदवारी परेकोे छ । सभापतिमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सभापतिका उमेदवार पदमराज पन्तले उमेदवारी फिर्ता लिएका छन् ।

नैनसिंह महर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको पक्षको साझा उम्मेदवार हुन् । आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् ।

दुई महामन्त्री पदका लागि ५ जनाको उम्मेदवारी परेको छ भने एक कोषाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ९ बर्षपछि महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न पाउँदा नेविसंघका नेता कार्यकर्ता उत्साहित देखिन्छन् ।

एक सहमहामन्त्री र ५ केन्द्रीय सदस्य निर्विरोध

नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औं महाधिवेशनबाट एक सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य निर्विरोध निर्र्वािचत भएका छन् । मधेशी आरक्षण कोटातर्फको सहमहामन्त्रीमा परमेश्वर साहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै आरक्षण पाँच क्षेत्रवाट पाँचै जना केन्द्रीय सदस्यमा निर्वा्चित भएका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार छात्रा मुश्लिम आरक्षण कोटाबाट सितारा बानु, अपाङ्ग छात्रा आरक्षणतर्फ कल्पना खड्का, पिछडिएको क्षेत्र छात्रातर्फ सुमित्रा शाही निर्बिरोध निर्वाचित भएकी हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय तर्फ एक केन्द्रीय सदस्यमा सरोज रेग्मी निर्विरोध निर्वाचित भए ।