राजनीति

मन्त्री हुने अवसर रामचन्द्र पौडेलका सम्धिदेखि छिमेकीलाई समेत

मन्त्री हुने अवसर रामचन्द्र पौडेलका सम्धिदेखि छिमेकीलाई समेत

Ram chanभदौ १ । नेविसंघको महाधिवेशन सकिएपछि मात्र पार्टीका तर्फबाट बाँकी मन्त्रीहरुको नाम पठाउने भन्दै बसेको नेपाली कांग्रेसले अब एक दुई दिनभित्रै मन्त्रीको नाम टुंगो लगाउने भएको छ । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनअनुसार भागबन्डामा सहमति भइसकेकाले अब दुई समुहले आ–आफ्ना समूहबाट नाम टुंगो लगाउन बाँकी रहेको बुझिएको छ ।

सत्ता साझेदार माओवादी केन्द्रसँग कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति यसअघि नै गरेको छ । भागमा परेको ती १३ मध्ये पाँच रामचन्द्र पौडेललाई दिन देउवा राजी भएको बुझिएको छ ।

पौडेलले पाउने पाँचजनामा पनि उनका आफन्त र आसेपासेले नै घेरेकाले मन्त्री छान्न उनलाई सकस परेको स्रोतले बतायो । स्रोतका अनुसार पौडेलका सम्धी तारिणिदत्त चटौत, गृहजिल्ला तनहुँका रामचन्द्र पोखरेल, कमला पन्तलगायतले मन्त्री बनाउन प¥यो भन्दै पौडेललाई दबाब दिएका छन् । बाँकी एकजना प्रकाशमान सिंह र एकजना शशांक कोइरालालाई पनि पौडेलले छुट्टायउनुपर्ने छ । सिंहको कोटाबाट बलबहादुर केसी र कोइरालाको कोटाबाट दीपक गिरीको नाम मन्त्रीका लागि चर्चामा छ । बुधबार साप्ताहिकबाट

विशेष