देखिने कमाई नभएर के भो त ! कारमा तरुनी राखेर घुमफिर गर्न विप्लवका कार्यकर्तालाई पुगेकै छ

भदौ १ । क्रान्तिको नाममा प्रचण्ड दरबारिया भए भन्दै फेरि जनयुद्धको तयारी थालेका विप्लवका केन्द्रीय नेताको कमाइ सुन्ने हो भने जो–कोहीले जिब्रो टोक्छन् ।
ती पात्र केन्द्रीय आर्थिक विभाग सचिव प्रेम दर्नाल हुन् । ०६४ सम्म बागबजारस्थित श्रेष्ठ टेलरिङमा सिलाइको काम गर्ने प्रेमले त्यतिबेला माओवादीबाटै कुटाइ खाएका थिए । पछि उनी सोही पार्टीमा लागे । माओवादीमै लागेपछि ठमेलको मार्फा होटेल चलाउनेको श्रीमान् विदेश भएकी महिलासँग अन्तरंग सम्बन्ध राखे । यही घटनालाई लिएर तत्कालीन माओवादीले उनमा सास्कृतिक विचलन आएको भन्दै फरि भौतिक कारबाही गरे ।
पार्टी विभाजनताका वैद्यतिर लागे । दोलखा मैनापुरका प्रेमले प्रज्ञाभवनमा सम्पन्न राष्ट्रिय सम्मेलनको नाममा दोलखाका जलविद्युत योजनाबाट एक करोड १८ लाख सहयोगस्वरुप उठाएको भए पनि जम्मा ३२ लाख मात्र पार्टीलाई बुझाए । उनी त्यतिबेला दोलखा ड्यास माओवादीका सचिव थिए । पछि विभाजनमा विप्लवतिर लागे र आर्थिक विभाग सचिव बने । नयाँसडकको ताम्राकार हाउमा प्रेमले मारवाडीसँग मिलेर ठूलो मोबाइल पसल चलाएको बताइन्छ । यसैगरी, पार्टी कामबाहेकको बेला राम्रा महिला मित्रसँग खरानी रंगको टोयोटा कोरोला गाडीमा हुइँकिँदै गरेको देखिने एक केन्द्रीय सदस्यले बताए ।
हालै उनले दोलखाकै मैनापोखरीको पुख्र्यौली खरबारी लाखौं खर्चेर सम्याइ १९ वटा पक्की सटर बनाएका छन् । श्रीमती र सन्ततीसहित ललितपुरमा बस्ने प्रेमका परिवारको देखिने आर्थिकोपार्जन केही व्यवसाय छैन । जनआस्थाबाट