ओटोमोबाइल

टाटा मोटर्स् कार मेला सम्पन्न, २ हजारभन्दा बढीले अवलोकन

टाटा मोटर्स् कार मेला सम्पन्न, २ हजारभन्दा बढीले अवलोकन
साउन – ३२ ।  नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी टेडिङ्गले आयोजना गरिएको ४ दिने टाटा मोटर्स् कार मेला सिजन ४ सम्पन्न भएको छ । काठमाडौंको नक्सालमा गरिएको उक्त मेला २ २,६०० भन्दा बढी अवलोकनकर्ता अवलोकन गरेका छन् । IMG_0954 मेलामा टाटाका विभिन्न गाडीहरुबार जानकारी, टेस्ट ड्राइभलगायत मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो । ३८० भन्दा वढीले टाटाका विभिन्न मोडेलका गाडीहरुको टेस्ट ड्राइभ गरेका थिए । त्यस्तै ९२ जनाले नयाँ गाडी बुकिङ गरे भने १८२ जनाले आफ्ना गाडीको निरिक्षण गराएका थिए । उक्त मेलामा चर्चित गायिका इन्दिरा जोशीले शनिबार साँझ दर्शकहरुलाई आफ्ना प्रस्तुतिले प्रस्तुत गरेकी थिइन भने आइतबार साँझ चर्चित हाँस्य कलाकार जितु नेपालले आफ्नो कमेडीद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । आयोजकका अनुसार मेला अवधिभर टाटा फेसबुक फोटो कन्टेस्टको संचालन गरिएको थियो जसअन्तर्गत १ जना भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए । साथैे गाडी बुकिङ्ग गर्ने महानुभावहरुमध्ये भाग्यशाली विजेताको रुपमा जय नारायण चौधरीले लिभिङ्ग एडभेन्चरले प्रायोजन गरेको फ्रि थाइल्याण्ड ट्रिप प्राप्त गरेका थिए ।

Tata Car Mela