राजनीति

नेपालको सरकार निकम्मा छ भन्ने अन्तर्राष्ट्रिय स्तरमै स्थापित गराउन भारत यसो गर्दैछ

नेपालको सरकार निकम्मा छ भन्ने अन्तर्राष्ट्रिय स्तरमै स्थापित गराउन भारत यसो गर्दैछ

india flagसाउन ३२ । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न आफूले व्यक्त गरेको प्रतिबद्धताअनुसारको सहायता रकम संयुक्त राष्ट्रसंघमार्फ खर्च गराउने प्रस्ताव भारतले नेपाल सरकारसमक्ष ल्याएको छ ।

नेपालका सरकारी संरचना कमजोर रहेको र उनीहरुको कामकारबाही प्रभावकारी हुन नसकेको भन्दै भारतले पुनर्निर्माणका लागि व्यक्त प्रतिबद्धताको रकम राष्ट्रसंघमार्फत खर्च गराउने प्रस्ताव ल्याएको हो ।

‘पुनर्निर्माणका लागि भारतले व्यक्त गरेको प्रतिबद्धताको रकम राष्ट्रसंघमार्फत खर्च गराउने प्रस्ताव आएको छ । त्यसबारे छलफल पनि भइरहेको छ तर त्यो छलफल निष्कर्षमा पुगिसकेको छैन, ’ नेपाल सरकारका एक उच्च अधिकारीले भने । अन्नपूर्ण पोस्टबाट