खेल

एपिएफ क्लब सेमिफाइनलमा प्रवेश

एपिएफ क्लब सेमिफाइनलमा प्रवेश
nepalcupforwebsite साउन - २८ । सशस्त्र प्रहरीको एपिएफ क्लब चौथो नेपालकप फुटबल प्रतियोगिताको सेमिफाइनलम प्रबेश गरेको छ । चितवनमा आज भएको खेलमा ब्वाइज युनियन क्लबलाई चार–एक गोलअन्तरले हराउंदै एपिएफ सेमिफाइनलमा प्रबेश गरेको हो । एपिएफको जितमा अन्जन बिष्टले दुई, नविन लामाले एक र युवराज खड्काले १-१ गोल गरेका हुन् । ब्वाइज युनियनका लागी एकमात्र गोल सन्दीप मैनालीले गरेका थिए । एपिएफले फाइनल प्रबेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका खेल भोलिबाट हुनेछन् ।

Nepal Cup Football