खेल

चौथो चरणको खेलमा नेपाल नेदरल्याण्डसँग भिड्दै

चौथो चरणको खेलमा नेपाल नेदरल्याण्डसँग भिड्दै
Nepali-cricket-team-announced-for-practice-match-in-UK1साउन –२७ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलको लागि नेपालले नेदरल्याण्ड ए सँग अभ्यास खेल खेलिरहेको छ । नेपाली टोली अभ्यास खेलको लागि साउन २१ गते नेदरल्याण्ड गएको थियो । टस जितेर व्याटिङ रोजेको नेपाली टिमले ८ ओभरमा ३ विकेट गुमाई ३३ रन बनाएको छ । कप्तान पारस खड्का र अनुभवि खेलाडि शक्ति गौचन भने अस्वस्थताका कारण खेलेका छैनन् । नेदरल्यान्ड्स राष्ट्रिय टोलीका खेलाडीहरु ‘ए’ बाट नेपालविरुद्ध खेलिरहेका छन् । वर्षाले अवरुद्ध खेल केही समयपछि पुनः सुचारु हुनेछ । खेल नेदरल्याण्डको सल्लाण्ड सीसी ग्राउण्डमा हुँदै छ ।

cricket game netharland