खेल

आयोजक ब्राजिल अन्तिम आठमा पर्न सफल

आयोजक ब्राजिल अन्तिम आठमा पर्न सफल
brasilसाउन २७ । आयोजक ब्राजिल रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अघिल्लो दुवै खेलमा दक्षिण अफ्रिका र इराकसँग गोलरहित बराबरीमा खेलेको थियो । बिहीबार भने आफ्नो अन्तिम खेलमा डेनमार्कलाई ४–० ले हराएर समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम खेल जितेसँगै ब्राजिलले अन्तिम ८ मा स्थान बनाउन सकेको हो । ब्राजिलको जितमा गेब्रिएल बारबोसाले दुई तथा लुआन र गेब्रिएल जिससले एक एक गोल गरे । ब्रालिसँग हारेको डेनमार्क भने समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ ।

football rio brasil