खेल ताजा खबर समाचार

रियो ओलम्पिकमा अर्जेन्टिना बाहिरियो, पोर्चुगल समूह विजेता

रियो ओलम्पिकमा अर्जेन्टिना बाहिरियो, पोर्चुगल समूह विजेता

Arjentina

साउन २७ – अर्जेन्टिना रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको समूहको अन्तिम खेलमा होन्डुरससँग १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना अघिल्लो चरण पुग्न सकेन । गोल गर्ने राम्रा अवसर गुमाउँदा अर्जे्न्टिना बराबरीमा रोकिन बाध्य भयो र समूह डीको तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्यायो ।

होन्डुरस भने समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ । पहिलो खेलमा पोर्चुगलसँग २–० ले हारेको अर्जेन्टिनाले दोस्रो खेलमा अल्जेरियालाई २–१ ले हराएको थियो । समूह डीबाट पोर्चुगल समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा अल्जेरियासँग १–१ को बराबरीमा रोकिएको पोर्चुगल समूह विजेता बनेको हो । पोर्चुगल यो प्रतियोगितामा अहिलेसम्म अपराजित छ ।

football