समाचार

जिल्ला अदालत पाँचथरमा १४ जना दोभासे नियुक्त

जिल्ला अदालत पाँचथरमा १४ जना दोभासे नियुक्त
  adalat साउन -२६ । नेपाली भाषा नबुझ्ने सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै जिल्ला अदालत पाँचथरले विभिन्न समुदायका १४ जना दोभासे नियुक्त गरेको छ । लिम्बू, राई, मगर, शेर्पालगायतका भाषामा दोभासे नियुक्त गरिएको अदालतले जनाएको छ । नेपाली भाषा बुझ्न र बोल्न नसक्नेलाई लक्षित गरी दोभासे नियुक्त गरिएको श्रेस्तादार टेकेन्द्रवीर राणाले जानकारी दिएका छन् । लिम्बू भाषाका लागि शारदा आङदेम्वे, चन्द्रकुमार आङदेम्वे, निशालोवा, राजन तावा, शान्ति लातुम्वापो र धनकुमार नेम्वाङ, राई भाषाबाट शान्तिदेवी राई र राजेन्द्र राई, तामाङ भाषाबाट दीलकुमार योञ्जन तामाङ, मगर भाषाबाट रञ्जना ज्ञाङमी, अमृता गुर्मछान, शेर्पा भाषाबाट लासुङ शेर्पा, नेवार भाषाबाट देवीका श्रेष्ठ र अङ्ग्रेजी भाषाबाट जीवन भण्डारी दोभासेका रुपमा नियुक्त भएका हुन् । रासस

dovase jilla dalat panchthar