विदेश

अस्पतालमा आगलागी हुँदा कम्तीमा ११ बालबालिकाको मृत्यु

अस्पतालमा आगलागी हुँदा कम्तीमा ११ बालबालिकाको मृत्यु
fire-crop1 साउन २६ । इराकको राजधानी बगदादको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ । आगलागी यारमाउक अस्पतालमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । अस्पतालमा लागेको आगो निभाउन करिब ३ घण्टा समय लागेको थियो । अन्य सात बालबालिका र २९ महिलाहरुलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । १९ जनाको शरीरको केही अंशहरु जलेको र श्वास प्रश्वासमा समस्या देखेको उपचारमा संलग्न डक्टरहरुले बताएका छन् । आगलागीको कारण विद्युत शट भएर भएको हुन सक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

irakma aglagi