विदेश

चलिरहेकाे रेलकाे छत फाेडेर लुटियाे कराेडाैँ

चलिरहेकाे रेलकाे छत फाेडेर लुटियाे कराेडाैँ
train_1459381650 साउन - २६ । भारतको तमिलनाडुमा गुडिरहेको एक रेलमा फिल्मी शैलीबाट चोरी भएको छ । डाँकाहरुले गुडिरहेको रेलको छत काटेर करोडौं रुपैयाँ चोरेका छन् । रिजर्भ बैंक अफ इण्डियाले सो रेलमार्फत् ३४० करोड रुपैयाँ सलेमबाट चेन्नाइ पठाएको थियो । तर, डाँकाहरुकाे समूहले रेलको छत काटेर बिच बाटोबाटै पाँच करोड रुपैयाँ चोरेर फरार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुका अनुसार चेन्नाई पुगेर रेलबाट रकम झिक्न लाग्दा मात्रै पैसा चोरिएको थाहा भएको थियो । पैसा राखिएका २२६ पेटीहरुमध्ये चार पेटीहरु च्यातिएका र तोडफोड भएको पाइएको थियो । ति पेटीहरुमा सन् २००५ भन्दा अघिका पुराना र च्यातिएका नोटहरु पनि थिए । प्रहरीले यस घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

train ma chori