समाचार

खाेलाले बगाएर बालिकाकाे मृत्यु

खाेलाले बगाएर बालिकाकाे मृत्यु
The drowning man. The man in water asks about the help. साउन - २६ । खोला तर्ने क्रममा बेपत्ता भएकी एक बालिकाको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिल्लाको आरुचौर गाविस–१ बस्ने वर्ष ११ की सुष्मा ढकाल मङ्गलबार साँझ स्कुलबाट घर फर्कने क्रममा खोला तर्दै गर्दा बगेकी थिइन् । स्थानीय फ्युचर बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव आज शिर खोलाको किनारमा बिहान ८ बजे फेला परेको प्रहरीले जनाएको छ । रासस

balikako mirtue