समाज

चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरको शुभ साईत सु-सम्पन्न

चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरको शुभ साईत सु-सम्पन्न
chandragiri साउन - २६ । भालेश्वर मन्दिरको बैदिकविधिपूर्वक प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । प्राणप्रतिष्ठा सोमबारको सुभ साईतमा सुसम्पन्न भएको हो । उक्त मन्दिर बहुप्रतिक्षित चन्द्रागिरि केबुलकारको टप स्टेशनमा रहेको छ । उक्त कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेलगा.वि.स.का स्थानीय वासिन्दाहरूलाई आमन्त्रण गरिएको थियो । केबुलकारको व्यवसायिक शुभारम्भ गर्नु भन्दा पहिले चन्द्रागिरि वरपरका स्थानीयवासिन्दाहरुलाई प्रसाद ग्रहणका लागि निःशुल्क केबुलकार चढ्ने व्यवस्था गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का १०,६४१ ले केबुलकारको निःशुल्क लिएका थिए । चन्द्रगिरि डाँडामा केबुलकार चन्द्रगिरि हिल्स लिमिटेडले संचालनमा ल्याएको हो । प्रतिदिन १० हजारभन्दा बढी व्यक्तिहरुलाई चन्द्रागिरि चुचुरोमा पुर्याउने लक्ष्य रहेकाे कम्पनीले जानकारी दिएको छ । केबुलकार चढ्ने यात्रीहरुका लागि दुईतर्फी टिकटका लागिकूल रु. सात सय शुल्क निर्धारण गरिएको छ । केबुलकार मंगलबारबाट दर्शनार्थीका लागि आंशिक संचालनमा ल्याइएको हो । आवश्यकीय केहि सुविधा सम्पन्न हुनबाँकी रहेकाले केही समयपछि केबलकार पूर्ण व्यवसायीकरुपमा संचालनमा आउने कम्पनीले जानकारी दिएको छ ।

chandragiri danda kebulkar