खेल

अाेलम्पिकमा गौरीका कान्छी खेलाडी हुन् भने बढी उमेरकी काे ?

अाेलम्पिकमा गौरीका कान्छी खेलाडी हुन् भने बढी उमेरकी काे ?
2साउन २६ । नेपालकी गौरीका सिंह ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेर नाम कमाइन् । तर कुनै सफलता हात पार्न सकिनन् । उनी पौडी खेलाडी हुन् । उनी १३ वर्षको उमेरमा नै ओलम्पिकमा भाग लिइन् र रियो ओलम्पिकको कान्छी खेलाडी बनिन् । तर सबैभन्दा बढी उमेरको चाहिँ को र कुन राष्ट्रको भन्ने जिज्ञासा सबैलाई हुन्छ । उज्वेकिस्तानकी अक्साना चुसोभितिना ओलिम्पिक्समा भाग लिने अहिले सम्मकै सबैभन्दा बढी उमेरकी महिला हुन् । उनी जिम्नाष्टकी खेलाडी हुन् । ४१ बर्षीय अक्साना आफ्नो सातौँ ओलम्पिक खेल्दै छिन् । उनको पहिलो ओलम्पिक १९९२ सालको थियो । उनीले ओलम्पिकमा १९९२ मा स्वर्ण पदक हात पारेका थिए भने २००८ सालमा रजत पदक जितेका थिए । उनले महिलातर्फको भल्टमा आगामी आइतबार हुने योग्यता परिक्षणमा प्रतिस्पर्धा गर्दै छिन् र यसमा सफलता हात पार्न सके उनी पदकका लागि भिड्ने छिन् ।

olyampik