मनोरञ्जन

‘जय परशुराम’लाई पिजी सर्टिफिकेट

‘जय परशुराम’लाई पिजी सर्टिफिकेट
jai parsuram साउन – २६ । प्रदर्शनको नजिक पुगेको चलचित्र जय परशुरामले पिजी सर्टिफिकेट पाएको छ । सेन्सरबोर्डले सेन्सर पास गर्दे जय परशुरामलाई पिजी सर्टिफिकेट दिएको हो । जय परशुराम साउन २८ गतेबाट देशभर प्रदर्शनमा आउने छ । यो चलचित्र रोज राणाले निर्देशन गरेका हुन् । उक्त चलचित्रमा विराज भट्ट र निशा अधिकारी मुख्य भूमिका रहेको छ । निर्देशक राणाले यसअघि नायक विराज भट्टलाई लिएर दादागिरी, खलनायक, डन जस्ता चलचित्र निर्माण गरेका छन्। दर्जनौ भोजपुरी चलचित्रको अभिनय पश्चात विराज जय परशुराम मार्फत नेपाली चलचित्रमा फर्किन लागेका हुन् ।

jai parsuram