खेल ताजा खबर समाचार

नेपालकपको सेमिफाइनलमा एभरेष्टक्लब चितवन

नेपालकपको सेमिफाइनलमा एभरेष्टक्लब चितवन

Everest साउन २६ । नारायणगढको क्याम्पाचौरमा सञ्चालन भइरहेको चौथो नेपाल कप फुटबलमा मंगलबार घरेलु टिम एभरेस्ट क्लब चितवन विजयी भएको छ । उसले रौतहट जिल्ला फुटबल संघलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्यो ।

निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । सोमबार उद्घाटन खेलमा रूपन्देही–११ लाई पराजित गर्दै घरेलु टिम नारायणगढ फुटबल क्लब (एनएफसी) विजयी भएको थियो । दोस्रो दिन पनि घरेलु टिम विजयी भएपछि दर्शक उत्साहित छन् । टाइब्रेकरमा रौतहटका कृष्ण लामा गोल गर्न चुकेका थिए । प्रतियोगितामा एभरेस्टका किपर सरोज तामाङ म्यान अफ द म्याच घोषित भए ।

Nepalcup