खेल ताजा खबर समाचार

म्यानचेस्टर युनाएटेडले जित्यो एफए कम्युनिटी कपको उपाधि

म्यानचेस्टर युनाएटेडले जित्यो एफए कम्युनिटी कपको उपाधि

AFA साउन २४ । म्यानचेस्टर युनाइटेडले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । आइतबार राति लण्डनको वेम्बलीमा भएको खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीलाई २–१ ले हराएर म्यानचेस्टर युनाइटेडले उपाधि जितेको हो ।

AFD

जोसे मोरिन्होले म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको जिम्मेवारी सम्हालेको केही सयम भित्रै क्लबलाई उपाधिका दिलाउन सफल रहे । म्यानचेस्टर युनाइटेडको जितमा यो सिजन मात्रै क्लब आएका जाल्टन इब्राहिमोविचले अन्तिम समयतिर हेड मार्फत गरेको गोल निर्णायक बन्यो । ३२ औं मिनेटमा जेसी लिङगार्डले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए ।

aef

५२ औं मिनेटमा जेमी भर्डीले लिसेस्टर सिटीका लागि बराबरी गोल फर्काए । ८३ औं मिनेटमा इब्राहिमोविचले हेडमार्फत सुन्दर गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को जितसहित उपाधि दिलाए ।

AFF

AFA community cup football