खेल

कञ्चनपुरमा नेपाल–भारत हाफ म्याराथन दौड आयोजना

कञ्चनपुरमा नेपाल–भारत हाफ म्याराथन दौड आयोजना
myarathun साउन–२३ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा मैत्रीपूर्ण नेपाल–भारत हाफ म्याराथन दौड आयोजना गरेका छन् । छिमेकी मुलुकबिचको सम्बन्ध र सीमाक्षेत्रमा बस्ने नागरिकालाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नेपाल र भारत बिच मैत्री हाफ म्याराथन दौड प्रतियोगिता गरिएको सशस्त्र प्रहरी बलका डिआइजी राजेश श्रेष्ठले बताए । प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी कान्छीमाया तामाङ प्रथम भएकी छन् । पुरुषतर्फ भारतका कालिदास लक्ष्मण प्रथम भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्दितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई १० हजार भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । २१ किलो मिटर दूरी रहेको प्रतियोगितामा महिला र पुरुष गरी ९ सय १० जनाको सहभागिता थियो । प्रतियोगितामा नेपालका तर्फबाट १ सय ५ जना सहभागी थिए । त्यस्तै, भारतबाट ७ सय २५ जना सहभागी भएका थिए ।

myarathun