खेल

‘ओलम्पिक एथलेटिक्स टोली’को बिदाइ

‘ओलम्पिक एथलेटिक्स टोली’को बिदाइ
rio साउन - २१ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ‘रियो ओलम्पिक– २०१६’ मा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स सङ्घले बिदाइ गरेको छ । एथलेटिक्सअन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा हरिकुमार रिमाल तथा महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले नेपालकातर्फबाट प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडीका प्रशिक्षक पुष्पराज ओझा हुन् । सोअवसरमा टोलीलाई ट्र्याकसुट प्रदान गरिएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव गङ्गाबहादुर थापा, एथलेटिक्स सङ्घका महासचिव सुनिल राजवंशी, ट्र्याकसुट प्रायोजक राम बोसलगायतले दशरथ रङ्गशालामा बिदाइ गरे । टोली आइतबार ब्राजिल प्रस्थान गर्दैछ । ब्राजिलमा आजदेखि औपचारिक रुपमा ओलम्पिक सुरु भएको भए पनि एथलेटिक्स भने अगस्ट १२ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ । नेपालकातर्फबाट विभिन्न पाँच खेलबाट सात खेलाडी प्रतिस्पर्धा गर्दैछन् । रासस

Nepali Team Nepali Toli
ADVERTISEMENT