खेल

ओलम्पिकको उद्घाटन नेपाली समयअनुसार बिहान पौने ५ बजे

ओलम्पिकको उद्घाटन नेपाली समयअनुसार बिहान पौने ५ बजे
rioसाउन – २१ । विश्व खेलकुदको महाकुम्भ अर्थात रियो ओलम्पिकको उद्घाटन शुक्रबार ब्राजिलको रियो दि जेनेरियोमा हुँदैछ । उद्घाटन नेपाली समय अनुसार शनिबार बिहान पौने ५ बजे मात्र उद्घाटन हुनेछ । प्रतियोगिताको पहिलो दिन नेपालबाट आर्चरीका जितबहादुर मुक्तानले प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिकमा पौडी प्रतियोगिता अन्तर्गत आइतबार एक सय मिटर ब्याकस्ट्रोकमा महिलातर्फ नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछिन् । उनी ओलम्पिक प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छी खेलाडी पनि हुन् । प्रतियोगितामा नेपालकातर्फबाट तेक्वान्दोमा निशा रावल, पौडीमा पुरुषतर्फ शिरीष गुरुङ, एथलेट्किसका हरिकुमार रिमाल र सरस्वती भट्टराईले खेल्नेछन् । प्रतियोगितामा दुई सय सात राष्ट्रका १० हजार ५ सय खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय झण्डा फुपूल्हामु खत्रीले बोक्नेछिन् । रियो ओलम्पिकको शुक्रबार राति उद्घाटन हुने भए पनि फुटबलका खेल भने सुरु भइसकेको छ । पुरुष फुटबल बिहीबारदेखि सुरु भएको हो भने महिला फुटबल ओलम्पिक उद्घाटन हुनु २ दिन अघि नै सुरु भएको हो । ओलम्पिकका लागि ७ करोड ५० लाख टिकटको व्यवस्था गरिएको छ ।

Nepali Kheladi Olympic Rio 2016