खेल

मेसी र अर्जेन्टिनी प्रशिक्षककाे भेट

मेसी र अर्जेन्टिनी प्रशिक्षककाे भेट
miss 3 साउन - २१ । अर्जे्न्टिनाका नयाँ प्रशिक्षक बौजाले मेसीलाई भेट्ने ईच्छा जाहेर गरिरहेको बेला पूर्व कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले पनि अर्जेन्टाइन प्रशिक्षक इडगार्डो बौजालाई भेट्न इच्छा गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । फक्स स्पोटर्ससँग कुरा गर्दै उनले आफूले मेसीलाई राष्ट्रिय टिममा फर्कन आग्रह गर्ने बताए । उनले भने, ‘हामीसँग धेरै समय छैन। तर मेसीलाई उनले मैदानमा के गर्नुपर्छ भन्ने थाहा छ र यसका लागि के निर्णय लिनुपर्छ भन्ने पनि उनलाई राम्रोसँग थहा छ।’ उनले मेसी र आफ्नो बिचमा राष्ट्रिय फुटबल टिमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताए । साथै उनले मेसिले अहिलेसम्म संन्यासको विषयमा केही नबोले पनि मेसीले निर्णयमा पुर्न्विचार गर्ने सम्भावना देखेको बताए ।