राजनीति

मधेसीलाई फकाउने अन्तिम कसरत ८ बजेदेखि

मधेसीलाई फकाउने अन्तिम कसरत ८ बजेदेखि

madheshi morchaसाउन १९ । कांग्रेस–माओवादी र संघीय गठबन्धनबीच सहमतिको अन्तिम प्रयास स्वरुप छलफल हुँदैछ ।

बिहान आठ बजे नयाँबानेश्वरस्थित संसद भवनको संकर हलमा हुने छलफलमा मंगलबार मिल्न बाँकी रहेका बुँदामा छलफल हुने बताइएको छ । प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्नुअघि संघीय गठबन्धनका नेताहरुले संविधान संशोधनमा आफूले चाहेबमोजिमको शर्त राख्न खोजेका छन् ।

मंगलबार राति अबेरसम्म पनि संघीय गठबन्धन र कांग्रेस–माओवादीबीच सहमति हुन नसकेपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डलाई मत नदिने प्रतिक्रिया दिएका थिए ।