राजनीति

प्रचण्डलाई भोट हाल्ने विषयमा मेधसी मोर्चामा खैलाबैला

प्रचण्डलाई भोट हाल्ने विषयमा मेधसी मोर्चामा खैलाबैला

madheshi morchaसाउन १९ । संयुक्त  लोकतान्त्रिक मधेसी मोर्चाभित्र सरकारमा जानेबारे संविधान संशोधनका केहि बँदामा विवाद भएपछि तीनबुँदे सहमतिमा मंगलबार हस्ताक्षर हुन सकेन । कांग्रेस, माओवादी केन्द्र र मधेसी नेताहरुबीच बुधबार संसद्मा प्रधानमन्त्री निर्वाचन हुनु भन्दाअघि नेै शीर्ष नेता बसेर सहमति गरी सम्झौता हस्ताक्षर गर्ने समझदारी बनेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीले दिउँसो भएको सैद्धान्तिक सहमतिका आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेर अगाडि बढ्नुपर्ने तर्क गरेको थियो भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका केहि बुँदामा कांग्रेस र केन्द्रको थप प्रस्टता खोजेपछि हस्ताक्षर हुन नसकेको हो । कार्यदलमा रहेका माओवादी केन्द्रका नेता गिरिजामणि पोखरेलले भने, ‘व्यवस्थापिका संसद्को बैठक सुरु हुनुपहिले नै संविधान संशोधनसँग सम्बन्धित विषयमा सहमति जुटाइनेछ । त्यसका लागि कार्यदल बसेर हुदैन शीर्ष नेताहरु नै बस्नुपर्छ कार्यदलका एक नेताका अनुसार यादवले खोजेको प्रस्टतामा कांग्रेसको धारणा पनि बुझ्नुपर्ने भएकाले दाहालले कांग्रेस सभापति शेरबहादुर देवासँग छुट्टै छलफल गरेपछि मोर्चाका नेतासँग बसेर सहमति जुटाउनुपर्ने हुन्छ ।’ अन्नपूर्ण पोस्टबाट