राजनीति

विमलेन्द्र निधि नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाउने देउवा योजनाले विवादै विवाद

विमलेन्द्र निधि नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाउने देउवा योजनाले विवादै विवाद

bimalendra nidhiसाउन १९ । आज अपराह््न पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचन भएलगतै भोली शितलविनासमा हुने शपथ ग्रहणका लागि कांग्रेसले एकजना उप्रधानसहित थोरै मन्त्री पठाउने भएको छ ।

शुरुमै ठुलो मन्त्रीमण्डल बनाएर जाँदा आसन्न नेविसंघ महनधिवेशन प्रभावित ह्ने कारण सभापति शेरबहादुरदेउवाले भोली थोरै र आठ दश दिनभित्रै गथप मन्त्रीलाई सरकारमा सामेल गराउने भएका हुन् । आफू पार्टी सभापति भएपछि भातृसंगठनको पहिलो निर्वाचनमा आफ्ना पक्षधर उम्मेदवार हराउन रामचन्द्रपक्षधर मन्त्रीहरु लाग्ने खतराको उनले यस्तो गर्न चाहेका हुन् ।

तर, हिजो साझँसम्म पनि भोली शपथमा पठाउने मन्त्रीको टुङ्गो लगाउन देउवालाई हम्मे परेको छ । दिँउसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै रामचन्द्र पक्षधरले ६ जना मन्त्री माग्दा देउवाले तीनदेखि चार त्यो भन्दाबढि हुन्न भनिसकेका छन् । त्यसमध्ये भोलिको शपथमा शेखर कोइराला सहभागी हुने बताइन्छ । तर समस्या छ देउवाकै कोटरीमा । सपथमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीका रुपमा विमलेन्द्र निधि जाँदैछन् । देउवाले भोलिकै सपथमा पठाउन तयार पारेका अरु तीनजना हिजो साँझसम्म अप्ठेरा कुरा गरेर समस्यामा पार्दै थिए । देउवाले मन्त्री बनाउन टुंगो लगाएको गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी र बालकृष्ण खाँडले निधिको नेतृत्वमा जान नसकिने बताउ । गोपालमानको भनाइ थियो ‘कि त मेरो नेतृत्वमा कि त मलाई संसदीय दलको उपनेता ।’ जनआस्था साप्ताहिकबाट