राजनीति

‘नयाँ सरकार राष्ट्रिय स्वरूपको हुनुपर्छ’

‘नयाँ सरकार राष्ट्रिय स्वरूपको हुनुपर्छ’
साउन - १७ । राष्ट्रिय जनमुक्ति पार्टीले मुलुकको वर्तमान परिस्थितिको सम्बोधन र समाधनका लागि पनि अब बन्ने नयाँ सरकार राष्ट्रिय स्वरूपको हुनुपर्ने माग गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष केपी पालुङ्वा (लिम्बू)ले नयाँ सरकार संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक दलको सहमतिमा निर्माण गर्न माग गरे । उनले नयाँ सरकार राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने र संविधानलाई सर्वस्वीकार्य बनाउन संविधानको आधारभूत संशोधन गर्नुपर्नेमा जोड दिए । रासस

KP Palung