राजनीति

अायुक्त कार्कीलार्इ महाअभियोग लगाउन नमिल्ने प्रभु साहकाे ठोकुवा

अायुक्त कार्कीलार्इ महाअभियोग लगाउन नमिल्ने प्रभु साहकाे ठोकुवा
Prabhu_Shah_ साउन - १७ । नेकपा (माअाेवादी केन्द्र)का नेता प्रभु साहले अख्तियार प्रमुख अायुक्तलार्इ महाअभियाेग लगाउन नमिल्ने ठाेकुवा गरेका छन् ।  संसदमा दर्ता भएको पत्र ध्यानाकार्षण पत्र मात्रै भएकाले यो महाअभियोगको विषय नभएकाे बताएका छन् । ‘यतिखेर अख्तियारलाई झनै बलियो बनाउन आवश्यक छ ।' उनले भने 'अख्तियारले केही गल्ती वा कमीकमजोरी गरेको भए सच्चिन आग्रह गर्नुपर्छ।' मुलुकलाई सही दिशाबोध गर्न र आन्दोलनरत मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नपनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार सफल हुने उनको विश्वास थियो। उनले भने, ‘अबको सरकारले संघीय गठबन्धन र नेकपा एमाले दुवैलाई साथमा लिएर सहकार्य गर्दै अघि बढ्छ।' संविधान कार्यान्यवन, शान्ति प्रक्रिया, पूर्ननिर्माण र आर्थिक समृद्धिको लागि सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनको तर्क थियो।

Maowobadi Kendra Prabhu Shah