राजनीति

सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग गर्छौं- नेता यादव

सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग गर्छौं- नेता यादव
Rajkishwor Ya साउन - १७ । रिपोर्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा बाेल्दै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मोर्चाले प्रचण्डको पक्षमा मतदान गर्ने स्पष्ट पारे। उनले भने - ‘लिखित प्रतिबद्धता आए हामी मतदान गर्छौं।'  मोर्चाका लागि सरकारभन्दा पनि आफ्ना एजेण्डा महत्वपूर्ण कुरा भएको उल्लेख उनले गरे। यादवले संविधानको स्वामित्वलाई फराकिलो बनाउनका लागि पनि मुद्दामा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखे। उनले भने, ‘सरकारभन्दा बाहिर बसेर तर यसको सहयोगी भएर काम गर्छौं।' यद्धपी उनले अब बन्ने नयाँ सरकारलाई सहयोग गर्ने विषयमा एमाले र मोर्चाको भूमिकामा तात्विक फरक हुने दाबी गरे। उनले भने,‘हाम्रा मुद्दा सम्बोधन भयो भने हामी सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग गछौं।' उनले संसदीय पद्धतीमा संसद नै सार्वभौम भएकाले जनता र राष्ट्रको सरोकारका विषयमा कोही पनि छलफलबाट भाग्न नमिल्ने बताए।

Raj Kishwor Yadav