राजनीति

 समृद्धिको लक्ष्य हासिल गर्न लागौं – डा भट्टराई

 समृद्धिको लक्ष्य हासिल गर्न लागौं – डा भट्टराई
Dr Baburam Bhattari साउन - १७ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले निर्माणमुखी राजनीति र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर नयाँ शक्ति उदाएको बताए। “निजी क्षेत्रको सहकार्यमा देशलाई समृद्धितर्फ लैजानुपर्छ, सरकारले पनि निजी क्षेत्र अनुकूल लगानीको वातावरण सिर्जना गर्न सक्नुपर्छ” – उहाँले भन्नुभयो । उनले उद्योगी व्यवसायीसँगको सहकार्यबाट मात्र आर्थिक समृद्धि हुने भन्दै त्यसमा आफनो शक्तिको सहयोग रहने विश्वास दिलाए । नेता भट्टराईले युवालाई विदेश जानबाट रोक्न युवा स्वरोजगार नीति आफ्नो प्रधानमन्त्रित्व कालमा ल्याइएको र त्यसलाई निरन्तरता दिइनुपर्ने बताए । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले यस क्षेत्रको विकास निर्माण तथा दाङलाई प्रादेशिक राजधानी बनाउन पहलकदमी लिन नेता भट्टराईसँग आग्रह गरेका थिए । रासस  

Dr Baburam Bhattarai