राजनीति

एक निर्दोषको हत्यालाई प्रचण्ड र महेश बस्नेतले कसरी फाइदामा बदले ? यो पढ्नुहोस्

एक निर्दोषको हत्यालाई प्रचण्ड र महेश बस्नेतले कसरी फाइदामा बदले ? यो पढ्नुहोस्

rasmila-shrestha-prachanda-nepalaaja

असार १६ । माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका रामहरि श्रेष्ठकी पत्नी रमिलाकी दिदी बिमला अविवाहित थिइन् । युवा संघमा सक्रिय उनले आफ्ना साथीभाई पनि लिएर आइन् । उनीहरु पनि थपिएपछि आन्दोलन सशक्त बन्दै गयो । बिमलाकी बहिनीको घरमा बज्रपात परेका कारणले एमालेले विशेष चाँसो देखायो । काँग्रेसका नेता कार्यकर्ता पनि साथ दिए । आन्दोलन चर्कदै जादा महेश बस्नेतको आक्रामक प्रस्तुति समाचारका खुराक बन्न थाले । माओवादीमाथि रमिलाको अदम्य साहशका कारण दबाब चर्को पर्यो । खुला राजनीतिमा आएपछि प्रचण्डका लागि पहिलो पटक अन्तर्राष्ट्रिय दबाब परेको थियो । प्रधानमन्त्री हुन तम्तयार भएका प्रचण्डको सिंहदरबार प्रवेश कठीन बन्दै गयो ।

प्रचण्डसँग अनेक चरणमा बार्ता भए । प्रचण्डले रमिलाप्रति बेग्लै सहानुभुति देखाए । पार्टीभित्रका कुहिएका आलुका कारण आफ्नो शीर निहुंरिएको उनको प्रष्टिकरण थियो । अन्ततः प्रचण्ड लिखित सहमति गर्न राजी भए । क्षतिपूर्ति दिने र दोषिलाई कारवाही गर्ने उनको लिखित प्रतिबद्धता थियो । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बिद्या भण्डारी उनको घरमा पुगे ।

छिमेकी माधब नेपाल जाने भइहाले । केपी ओलीले रामहरि परिवारको पक्षमा प्रचण्डको उछितो काडिरहेका थिए । रामहरिलाई सहिद घोषणा गर्ने, राज्यका तर्फबाट उनका सन्तानलाई उच्च शिक्षा दिने, रामहरिको नाममा प्रतिष्ठान बनाउने लगायतका कुरा भए । राजनीतितर्फ रुची नभएकी रमिला विस्तारै राजनीतिमा लागिन् । एमालेमा सक्रिय भइन् । एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भए । गृहमन्त्री एमालेले पायो । तर, रामहरिलाई मार्ने केशब अधिकारी रघु र गगांराम थापा एटम पक्राउ परेनन् । गोबिन्दबहादुर बटालालाई पनि मतियार मात्र बनाइयो ।

रमिला दिनहुँ जसो नेताकोमा जान्थिन् । उनीहरुले पक्राउ गर्नै लागिएको जवाफ फर्काउंथे । तर, पक्राउ गरिएन । माधब नेपाल नेतृत्वको सरकार बन्यो । रमिला गृहमन्त्री भीम रावललाई भेट्न गइन् । उनले क्षतिपूर्ती वापत डेडदुई लाख दिन सक्ने उत्तर दिए । उनी लाखका लागि धाएकी थिइनन्, न्यायका लागि भौतारिएकी थिइन् । निराश हुँदै घर फर्किन् । एमालेलेको राजनीतिमा पुनरागमन रामहरि हत्याकाण्डको विषयलाई लिएर भएको थियो । प्रचण्ड लिखित सम्झौता गरेकै थिए, दोषिलाई प्रहरीको जिम्मा लगाइनेछ । तर, न एमाले रामहरिको विषयमा बोल्न तयार देखियो । नत प्रचण्डले दोषिलाई प्रहरीसमक्ष बुझाए । रमिलाले शब नबुझे सिंहदरबार प्रवेश अनिश्चित देखेका प्रचण्डले लिखित सम्झौता गरेर रमिलालाई झुक्याएका थिए ।

रमिलाले सडक बसाइ नलम्ब्याए आफुहरुको राजनीति पुनरागमन नहुंने एमालेले बुझेका थिए । उनले ढिलागरि बुझिन्ः उनको आँशुमाथि राजनीति भइरहेको रहेछ । तीन बर्षपछि गोविन्दबहादुर बटालालाई मतियार प्रमाणित गरियो । र, छुटाइयो । रमिलाले अन्याय भएको भन्दै सर्वोच्चमा निवेदन दिइन् । सुशीला कार्की र ताहिर अली अन्सारीको संयुक्त इजलाशले रमिला पक्षधरका वकिलको बहस नै सुनेनन् । बटालाको रिहाइ नाटकीयरुपमा सदर गरिएको रमिलाको बुझाइ छ ।

रमिलाले न्यायाधीश सुशीला कार्कीसँग अनुनय गरिन् । महिलाले महिलाको आँशुको अर्थ बुझ्ने उनको अपेक्षा पनि फिका भयो । हाल प्रधान्यायाधीश रहेकी कार्कीकै इजलाशले आफ्नो बयान नसुनेको हो भन्ने विश्वास गर्न उनलाई गाह्रो भइरहेको छ । महेश बस्नेतको राजनीतिक उदय रामहरि हत्याकाण्ड पछि भयो । बस्नेतले रामहरि हत्याकाण्डपछि आफुले आन्दोलन छेडेका दाबी गर्दै आएका छन् । सो घटनाको ५ बर्षपछि बस्नेत आफैं मन्त्री भए । रमिलालाई लाग्योः महेशले कुरा उठाउलान् । तर, रामहरि प्रकरण बस्नेतले पूरै विर्सिसकेका थिए । रमिला महेश बस्नेतकै जोडबलमा राजनीतिमा लागेकी थिइन् । शोकमा पनि सडकमा आएर उनले दुनियाँलाई भिन्दै पाठ सिकाएकी थिइन् । रमिलाको शोकले बस्नेतको राजनीतिमा उभार ल्याइदिएको थियो ।

बस्नेतले पटकपटक आग्रह गरेपछि रमिला राजनीतिमा लागिन् । उनी निर्वाचित केन्द्रीय सदस्य थिइन् । उनीजस्तै अरु निर्वाचितलाई तल पार्ने गरी महेश बस्नेतले सचिवालय गठन गरे । रमिला रमिते बनेर बस्ने स्वभावकी थिइनन् । उनले बिराटनगरको बैठक बहिष्कार गरिदिइन् । त्यो घटनाभन्दा पहिले देखिनै बस्नेतले रामहरिको चर्चा गर्न छाडिसकेका थिए । त्यसपछि बस्नेत झनै टाढिए । महेश बस्नेत मन्त्री भएकै बेलामा लेखक बनेर निस्किए

उनको किताब म महेश बजारमा आयो । भव्यरुपमा सार्वजनिक भयो । धरैले भने कितावको मुख्य सन्दर्भ नै रामहरि हत्याकाण्डका बारेमा छ । तर, दुनियाँभरका मान्छे आमन्त्रित गरिदाँ कितावकी मुख्यपात्र रमिला बेखबर थिइन् । धेरैले ठानेका थिए रमिला नै मुख्य बक्ता र अतिथि बनाइनेछिन् । किताबका बारेमा अनेक चर्चा चले । रमिलालाई महेशले यस्तो लेखेको छ उस्तो लेखेको छ भनेर सुनाउन थाले । रमिला आफैंले किताब किनेर पढिन् । महेश बस्नेतप्रतिको सम्मानमा उनले कमी हुन दिएकी थिइनन् । शोकको घडीमा साथ दिएको व्यक्तिका रुपमा उनी सम्मान गर्थिन् । किताव पढ्दै जाँदा उनलाई कताकता खल्लो लाग्यो । महेश बस्नेतले आफूलाई नायक बनाउनका लागि कैयौं घटनाक्रम तोडमोड गरेका थिए । रमिलालाई आन्दोलनमा पुतलीजस्तो बनाइएको अर्थ लाग्ने गरी उनले तथ्यहरु बग्याएका थिए । रमिलालाई लाग्यो, किताबको भण्डाफोर गरौं । तर, उनको मनले मानेन । कतिले उनलाई सोधे, उनले मेरो प्रतिक्रिया नछाप्नुहोला भन्दै विषयलाई प्रकाश पार्दै गरिन् । नेपालआजसँगको कुराकानीमा रमिलाले भनिन्ः १. किताबमा उल्लेख गरिएजस्तो महेश बस्नेतले आन्दोलन शुरु गरेका होइनन् । हामीले शुरु गरिसकेको आन्दोलनमा उनी आएका हुन् । युवा संघ आएपछि आन्दोलन फराकिलो भएको हो । ज्ञानबहादुर दाइ, दामोदर अर्यालहरुको भुमिका उत्तिकै महत्वपूर्ण छ । मेरो दिदी आफैंपनि नेता हुनुहुन्थ्यो । महेशजीको भुमिका अवश्य छ । तर, कितावमा भनेजस्तो होइन । २. प्रचण्डसँग महेशजीले वार्ता गरेको कुरा झूटो हो । प्रचण्डजीसँग वार्ता गर्दा उहाँलाई मैले देखिन । ३. महेशजीले मलाई के बोल्ने भनेर सिकाएको भन्ने कुरा गलत हो । श्रीमान् मर्दाको पीडा भन्न कसैले सिकाइरहनुपर्छ र ? रुनपनि कसैले भन्नुपर्छ र ? व्यथा कसैले भन्दैमा पोखिन्छ र ? यो सत्य होइन । कार्यक्रमलाई राजनीतिक तवरले व्यवश्थित गर्न उहांको भुमिका छ तर उहांले भनेजस्तै म प्रस्तुत भएको भन्नु मेरो पीडामाथिको अवमूल्यन हो । ४. मेरो पीडाबाट कसैको राजनीतिक उदय भयो । यसबारे मलाई भन्नु केही छैन । प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो मैले शब बुझेर तयार भयो । मेरो श्रीमान्को हत्याले कसैलाई मन्त्री बन्ने आधार बनायो । हामीले के पायौं ? छोराछोरी पठाउने व्यवस्था मिलाउने भनेको के भयो ? प्रतिष्ठान बनाउने भनेको के भयो ? दोषि पक्राउ गर्ने कुरा कहाँ हरायो ? यो कुरा सम्झदा ममाथि दोहोरो अन्याय भएजस्तो लाग्छ । मेरो आँशु र कसैको राजनीति साटिएको छ ।   [embed]https://youtu.be/xKrOpPFElFE[/embed] र याे पनि, ► रामहरिको ज्यान लिने माओवादी, लाशमाथि राजनीति गर्ने एमालेः पीडित रमिलाको पीडा सुन्ने कसले ? (भिडीयोसहित)

prachanda ra mahesh basnetle kasari faida liye ramila shrestha ko pida