ताजा खबर राजनीति समाचार

संघीय गठबन्धनले प्रचण्डलाई समर्थन गर्न लिखित शर्त अघि सार्यो

संघीय गठबन्धनले प्रचण्डलाई समर्थन गर्न लिखित शर्त अघि सार्यो

Sanghiya काठमाडौं, साउन १६ । नयाँ सरकार गठन गर्न अग्रसर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समक्ष मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति हुनु पर्ने शर्त अघि सारेको छ । सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिन लागेका बेला सरकार बनाउन अग्रसर दुई प्रमुख दल तथा संघीय गठबन्धनाका शीर्षस्थ नेताबीच शनिवार छलफल भएको हो ।

केपी ओली नेतृत्वको सरकार बिना शर्त ढालेको आन्दोलनकारीहरुको मोर्चाले नयाँ सरकार बनाउन कस्तो भूमिका निर्वाह गर्छ भन्ने चासोमाझ उसले शर्त अघि सारेको छ । संविधान संशोधन, सीमांकन लगायतका विषयलाई कसरी अगाडि बढाउने त्यसको मार्गचित्र हुनु पर्यो, त्यो सहितको लिखित सहमति भएपछि प्रधानमन्त्रीलाई मतदान गर्न हामीलाई सजिलो हुन्छ भनेपछि कार्यदल बनाउने कुरा भयो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले बताए ।

Sanghiya Gathbandahna