ताजा खबर राजनीति समाचार

‘यो समय खसीका साप्रा लिएर ठूला ठालुकोमा दसैँको टीका थाप्ने बेला होइन’– ओली

‘यो समय खसीका साप्रा लिएर ठूला ठालुकोमा दसैँको टीका थाप्ने बेला होइन’– ओली

kp-sharma-oli-nepalaaja साउन १२ । राजधानीको एक कार्यक्रममा कुनै हाँस्य कलाकारको उपस्थिति थिएन प्रधानमन्त्री केपी शर्मा ओलीले व्याङ्ग्यात्मक शैलीमा देश विकासमा लाग्न नेताहरुलाई आग्रह गर्दै थिए । उनले भने  –‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’

यही साउन १० गते राजीनामा दिएका प्रधानमन्त्री ओलीले थपे, ‘यो खसीका साँप्रा लिएर समाजका ठूला ठालुकोमा दसैँमा टीका थाप्न जाने समय होइन, यो एक्काइसौँ शताब्दी हो । सबै अप्ठ्यारा सामना गरेर समृद्धिको बाटोमा अघि बढ्छ ।’ प्रधानमन्त्री ओलीको राजीनामापछि केही भारतीय सञ्चारमाध्यमले त्यहाँ खुसीयाली छाएको समाचार सम्प्रेषण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज विभिन्न साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वलाई पुरस्कार वितरण गरेको थियो । उक्त कार्यक्रममा करिब तीन दर्जन स्रष्टालाई पुरस्कृत गरियो । माधवप्रसाद घिमिरेको ‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ’ बोलको राष्ट्रकवि गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा नेताले यो गीत नगाए पनि मनमा सम्झिदिए हुन्थ्यो ।’ प्रधानमन्त्रीको उक्त मन्तव्यप्रति नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा उपस्थित सहभागीले ताली बजाएर स्वागत गरेका थिए ।

KP Sharma Oli priminister of nepal