ताजा खबर राजनीति समाचार

प्रधानमन्त्री ओली द्वारा पदबाट राजीनामा

प्रधानमन्त्री ओली द्वारा पदबाट राजीनामा

साउन - ९ । प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् । संसदमा सम्बोधन गर्दै ओलीले आफुले पदबाट राजीनामा दिएको स्पष्ट गरेका हुन् । राजीनामा दिएर उनी संसद बैठकमा सम्बोधन गर्न गएका थिए । उनको राजीनामा गोप्य राखिएको थियो ।

राजीनामा बारे नेपाल आजले खुलाशा गरेको थियो । आइतबार दिउसो बसेको मन्त्रिपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान गरिएको थियो । प्रधानमन्त्री ओली गत असोज २४ गते प्रधानमन्त्रीमा विजयी भएका थिए ।

प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याइ प्रधानमन्त्रीमा निर्वाचीत भएका थिए । उनी नेपालका ३८ औं प्रधानमन्त्री हुन् । एमालेले नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतको सहमतिमा सरकार बनेको थियो ।  

KP Sharma Oli