राजनीति समाचार

२१ वर्ष अगाडी मनमोहनलार्इ बजेटसमेत ल्याउन दिइएन यहाँ पनि त्यस्तै प्रयासहरु भएका छन्ः प्रधानमन्त्री

२१ वर्ष अगाडी मनमोहनलार्इ बजेटसमेत ल्याउन दिइएन यहाँ पनि त्यस्तै प्रयासहरु भएका छन्ः प्रधानमन्त्री
साउन - ९ । आज भन्दा २१ वर्ष अगाडी मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बजेटसमेत ल्याउन दिइएन । किनकि उहाले देशमा धेरै परिवर्तन गर्नु भएको थियो । त्यो समय चक्रब्यू भएको थियो । आज पनि त्यस्तै प्रयासहरु भएको देखिन्छ । राजनीतिमा यस्तो उतारचढाव त भइनै रहन्छ । त्रासमा नअच्कीएका र कुनै लोभमा नफसेका साथीहरुलाई धन्यवाद , भन्न चाहन्छु । लिकबाट रेललाई बाहिर फ्याकेपछि दुर्घटना अवस्य हुन्छ । यस्तै सरकार हट्दा देशलाई कति घाटा भयो त्यो मैले त्यो भनीरहनु नपर्ला । यति खेर सरकारको बाटो ९ महिनामै छेकेर लोकतान्त्रिक अभ्यास हो तर कुनै उदेश्यको लागि के को लागि त्यो प्रष्ट छ । हामीले संविभानले परिकल्पना गरेका विकासहरु गर्नै बाँकी छ । संविधान निर्माणका नीम्ती एउटा सहमति गरेका थियौ । लोकतान्त्रिक विविधताद्वारा बनाइएको संविधानलाई जलाईएको छ । देश संकटमा भएको बेला नेपाल भारत सम्बन्ध एतिहासको जटिल घडीमा थियो । त्यस्तो, संकट भएको बेला मैले ती समस्या समाधानको जिम्मा लिएको थिए । ती संकटलाई जब मैले सामान्य अवस्थामा ल्याए, त्यसपछि सरकार परिवर्तनको खेलमा आफुनै गठबन्धनका  साथिहरु लागे अकास्मत सरकारलाई आक्रमण गरे । हामीले ९ बुदेँ सहमतिबाट तत्कालिन समस्याको समाधान गथ्र्यो । तर आज बुझेँ त्यो नियोजित षडयन्त्र रहेछ । बजेटपछि सरकार परिवर्तन हुन्छ भन्ने जियोजित हल्ला फिजाईयो । आपती व्यवस्था र शान्ती सुरक्षा भएन भन्ने गुनासो आयो त्यो मन्त्रालय त माओवादी कै थियो मलाई जसरी भएपनि प्रधानमन्त्रीमा बसीरहनुपर्ने आवस्यकता छैन । म देशको भद्रगोल उदासिनता हेरेर बस्न सक्दिन ।

KP Sharma Oli