राजनीति

अमरेशको आरोपः ओली भारतसँग लम्पसार परेको मैले धेरै पटक देखेको छु

अमरेशको आरोपः ओली भारतसँग लम्पसार परेको मैले धेरै पटक देखेको छु

नेपाली काँग्रेसका सा‌सद अमरेशकुमार सिंह पछिल्लो समय प्रधानमन्त्री केपी ओलीप्रति कडा टिपण्णी गरेर विवादमा तानिएका छन् । शनिबार संसद बैठकमा ओलीलाई मानिसक रोगीको संज्ञा दिएका सिंहले सुक्रबार ओलीले भारससँग त्वंम शरणम गर्ने गरेको आरोप लगाएका थिए ।

ओलीले भित्र भारतसँग आत्मसमर्पण गरेको तर बाहिर चर्का कुरा गरेको उनको भनाइ थियो । तपाईसँग आत्मसमर्पण गरेको केही प्रमाण छ भनि सोधिएको प्रश्नको जवाफमा उनले अनेक प्रणाम रहेको बताएका थिए । महाकाली सन्धीदेखि पार्टीको महाधिवेशनसम्म ओलीले भारतभक्ति गरेको उनको आरोप थियो । भारतभक्तिमा तालमेल नमिलेपछि ओली चीनभक्तिमा लागेको अमरेशको आरोप थियो । ओलीको राजनीति विदेशीको भक्तिमा टिकेको र उनमा राष्ट्रियता नभएको सिंहको आरोप थियो ।

हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै सांसद सिंहले ओलीको पतन हुने दाबी गरे । पार्टीभित्रै उनलाई अफ्ठयारो पर्ने र कहिल्यै उठ्न नसक्ने गरी ओली पछारिने सिंहको भविश्यवाणी छ । सिंहले सो अभिव्यक्ति दिएको भोलिपल्टै शनिबार ओली पार्टीमा समेत अफ्ठयारोमा रहेको संकेत एमाले नेताहरुको अभिव्यक्तिबाट देखिएको छ ।

बरिष्ठ नेता माधबकुमार नेपालले एमालेले सरकार चलाएको नभइ एमालेभित्रको एउटा गुटले सरकार चलाएको संसदमा बताएका थिए । उपाध्यक्ष बामदेब गौतमले माओवादीलाई सत्ता हस्तान्तरण गर्ने सहमति एमालेले गरेको स्पष्ट गरेका थिए । कार्यक्रममा ओलीको पतनका लागि भारतले कति लगानी गर्दैछ भन्ने प्रश्नलाई सिंहले हासेर टालेका थिए । ओलीप्रति आक्रामक देखिएका सिंह बेलाबेला आफ्नै अभिव्यक्ति सच्चाउन बाध्य भएका थिए ।

Amresh Singh