ताजा खबर राजनीति समाचार

सरकार टिकाउन आर्थिक प्रलोभन दिइएको छैन: एमाले

सरकार टिकाउन आर्थिक प्रलोभन दिइएको छैन: एमाले

UMlसाउन - ६ । नेकपा (एमाले)ले सरकार बचाउन आफ्नो तर्फबाट आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आर्थिक प्रलोभनको प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको छ । एक अनलाइनले सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन नगरिदिन महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यादवलाई रु ५२ करोड प्रस्ताव गरेको भनेर सम्प्रेषण गरेको समाचार कपोलकल्पित भएको एमालेले जनाएको छ । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहिबार एक विज्ञप्ति प्रकाशन गरी सरकारको बचाउका निम्ति आर्थिक त परै जाओस्, सो दलसँग राजनीतिक सहयोगको कुरासमेत नभएको स्पष्ट पारेका छन् । ‘‘मधेसी मोर्चा वा सङ्घीय गठबन्धनसँग संविधानकै कार्यान्वयनका प्रश्नमा अनेकन असमझदारी छन्, ती असमझदारी कायम राखेर सरकार बनाउने वा टिकाउने कार्यमा ती दलहरुलाई सामेल गर्ने कुरा सम्भव छैन’’ – विज्ञप्तिमा भनिएको छ । उनले आफ्नो पेसागत जिम्मेवारीबोध गर्न र तथ्यहीन समाचार सम्प्रेषण नगर्नसमेत सबै सञ्चारमाध्यमसँग अनुरोध गरेका छन् ।

Yogesh Bhattari