राजनीति

प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा आउने रायमाझीको दाबी

प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा आउने रायमाझीको दाबी

top-bahadur-rayamajhi साउन – ५ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् निवर्तमान उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको खुलासा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रायमाझीले भने, ‘काँग्रेसले हामीलाई समर्थन गरिक्यो, अहिले एमालेले हामीलाई सहयोग गर्दा के विग्रन्छ ।’ संविधानको प्रभावकारी कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नको लागि पनि प्रमुख राजनीतिक दलहरुवीच सहमति आवश्यक भएको उनले स्पष्ट पारे । त्यसको लागि पहल भैरहेको उनको दाबी छ । उनले संविधानले सरकार बनाउने नमिल्ने भनेर कतैपनि उल्लेख नभएको जिकिर गरे । नयाँ सरकार बन्ने प्रक्रिया भोलिबाटै सुरु हुने दाबी गर्दै प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नु नै उत्तम हुने बताए । ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै भने,‘यो सरकारले महत्वपूर्ण कामहरु समेत गरेको छ, तर शान्तिप्रक्रिया, संविधानको कार्यान्वय र पूर्ननिर्माण लगायतका कामहरुमा केही कमीकमजोरी रहेपछि अरु कामहरु छायाँमा परे ।’

Top Bahadur Rayamaji