ताजा खबर विदेश समाचार समाज

जब ओबामा पुत्रीलाई भोड्काले मतायो...

जब ओबामा पुत्रीलाई भोड्काले मतायो...

ma

श्रावण १ । मालिया ओबामा, अमेरिकी राष्ट्रपति बाराक ओबामाकी जेठी छोरी हुन् । अहिले उनी चर्चाको शिखरमा छिन् । आफ्नो १८औं जन्मदिन मनाउने क्रममा नेदरल्यान्डको आर्मस्टंगमा रहेकी मालिया एक क्लबमा भोड्का पिएर मातेको अवस्थामा भेटिएकी थिइन् । तीनजना साथीहरूसँग क्लब पुगेकी मालिया र उनका सबै साथीहरू मातेका थिए ।

पार्टीमा सहभागी डिजे रोष्टका अनुसार ‘उनीहरूको ग्लास भोड्काले भरिएको थियो । मालियाले रमाइलो डान्स गरेकी थिइन् । मालियाको शरीर फ्लेक्जिबल देखिएको थियो ।’ मालियाले आफू ओबामा भएकै कारण अरूको ध्यान तान्ने भन्ने प्रसंगलाई अस्वीकार गरेकी थिइन्। उनीहरू रातको साढे तीन बजे घर फर्केका थिए ।

Maliya Obama