खेल विदेश

फुटबल लेजेन्ड पेलेले गरे तेस्रो विवाह

फुटबल लेजेन्ड पेलेले गरे तेस्रो विवाह
 

pele wife

केही खेलाडी कहिल्यै बूढा हुँदैनन्, प्रेम प्रसंगलाई लिएर । विश्व फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला स्टार पेले यसै साता वैवाहिक बन्धनमा बाँधिए । उनको यो तेस्रो विवाह हो ।

पछिल्ला ६ वर्ष देखि उनी मार्सिया सिबेले आकीको प्रेम सम्बन्धमा थिए । पेलेले त्यही प्रेमलाई विवाहको रूप दिएका हुन् । अहिले पेले ७५ वर्षका भैसकेका छन् । त्यसैले उनले मिडियालाई आफ्नो विवाहका बारेमा भनेका छन्, ‘मार्सियाप्रति अबको मेरो प्रेम सधैंका लागि हुनेछ ।’ पछिल्लो समय पेले लगातार बिरामी हुन थालेका छन् र उनको रेखदेख गर्नेमा तिनै मार्सिया अग्रपंक्तिमा छिन् । उनीहरूको पहिलो भेट सन् १९८० मा भएको थियो, तर प्रेम सम्बन्धको सुरुवात भने सन् २०१० पछि मात्र भएको हो । मार्सिया ४२ वर्षकी छिन् र व्यापार गर्छिन् ।  

pele