ताजा खबर विदेश समाचार

के राजकुमार ह्यारीलाई एचआइभी भएको हो ? फोटो सहित

के राजकुमार ह्यारीलाई एचआइभी भएको हो ? फोटो सहित

4 असार ३१ । बेलायतका राजकुमार ह्यारीले एचआइभी परीक्षण गराएका छन् । लन्डनस्थित सेन्ट थोमस अस्पतालमा पुगेर उनले एचआइभी परीक्षण गराएका हुन् । औंलाबाट रगत झिकेको करिब एक मिनेटमै उनको रिपोर्ट आएको थियो । उनको एचआइभी रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । रिपोर्ट ‘पोजेटिभ’ पाइएमा एड्स संक्रमित भनेर बुझिन्छ ।

राजकुमार ह्यारीले एचआइभी परीक्षण गराएको दृष्यलाई सोशल नेटवर्किङ साइटमा भिडियोमार्फत प्रशारण गरिएको थियो । उनी अस्पताल जानुभन्दा करिब १० मिनेट अघिमात्र सोबारे जानकारी दिइएको थियो । एचआइभी परीक्षण कति सहज छ भन्ने देखाउनका लागि भिडियो पोस्ट गरिएको अधिकारीहरुको भनाइ छ ।

1

नेपालका भुकम्प पीडित क्षेत्रमा बसेर पुर्ननिर्माणमा खटिएका ह्यारी नेपालमा लोकप्रिय छन् । एचआइभी नरहेको रिपोर्ट देखिएपछि नेपालीले खुःशी व्यक्त गरेका छन् । साथै, जनचेतनाका लागि उनले देखाएको अग्रसरताको प्रशंसापनि भएको छ ।

2