मनोरञ्जन विदेश समाचार समाज

१३ महिनासम्म बच्चा पेटमै, गर्भवती यि मोडलले पारिन् चकित

१३ महिनासम्म बच्चा पेटमै, गर्भवती यि मोडलले पारिन् चकित
असार - ३० । महिलाले गर्भ कति समय बोक्छन् ? सामान्यतया ९ महिनामा बच्चा जन्मिन्छ । बढी नै लागे १० महिना हो । तर, भारतकी एक चर्चित मोडलले १३ महिनादेखि गर्भ बोकिरहेकी छिन् । कथाक्रम हेर्ने हो भने अझैं दुई चार महिना उनी आमा हुने छैनन् । २०१५ जुलाइ ९ का दिन प्रशारण भएको कार्यक्रममा तनु गर्भवती भएको देखाइएको थियो । त्यसयता उनकै गर्भको सेरोफेरोमा कथा घुमिरहेको छ । उही कुरा घुमाइफिराइ गरेर बर्ष दिन कटेको छ । जुलाइ १४, २०१६ भइसक्यो, तनुको गर्भ बढीरहेकै छ । व्यथा लाग्ने छाँटकाँट छैन । Tanu 2 तनु विवाहित पनि होइनन् । रक स्टार अभि मेहरासँग प्रेम भएपछि उनी गर्भवती भएकी थिइन् । विवाहित अभिले बाहरवालीलाई गर्भवती बनाएपछि मेहरा परिवारमा संकट पैदा भयो । अभिकी सहनशीला श्रीमती प्रज्ञाले तनुलाई आश्रय दिन्छिन् । तर, आश्रित तनुले उल्टो प्रज्ञालाई घरबाट निकाल्ने योजना बनाउँछिन् । प्रज्ञाले गुह्य कुरा पत्ता लगाउछिन् । तनुको गर्भ अभिको नभइ निखिलको हो भन्ने प्रज्ञाले थाहा पाएपछि कथाले नयाँ मोड लिन्छ । अहिले तनुको गर्भको डिएनए टेष्टको सेरोफेरोमा कथा घुमिरहेको छ । प्रसंग होः कुमकुम भाग्यको । भारतीय टेलिभिजन जि टिभीमा प्रशारण हुने हिन्दी सिरियल कुमकुम भाग्य नेपाली गृहणीमाझ लोकप्रिय छ । तर, यो सिरियल हेर्नु भनेको समयको बर्बादी सिवाह केही देखिदैन । अवैधरुपमा गर्भ रहेकी केटीको चर्चिकलामा कथा फनफनी घुमिरहेको छ । टेलिसिरियलमा देखाएको जस्तो दृश्य वैदिक संस्कारमा कहीपनि देखिदैन । एउटै पटकथा पटकपटक दोहोराइने गरिएको छ । प्रज्ञा पटकपटक अपहरणमा परेकी छिन् । अभिले पटक पटक प्रज्ञासँग अग्नी परीक्षा लिने गरेका छन् । उनीहरुको मिलन अस्वभाविकरुपमा फेरबदल भइरहन्छ । दर्शकको हजारौं घण्टा बर्बाद गरेको यो टेलिसिरियलले कुनै सन्देशपनि दिंदैन । तरपनि, यो टेलिसिरियल चलिरहेको छ । Tanu तनुको गर्भ निखिलको हो भन्ने परिवारका सबै सदस्यलाई थाहा भइसकेको छ । तनु र निखिल खुलेयाम सो कुरा प्रज्ञा र उनकी आमासँग स्विकार गरिरहेका छन् । तर, सो कुरा अभिलाई थाहा हुँदैन । कथा अगाडि बढाउनुको यो भन्दा सस्तो शैली के हुनसक्छ ? अर्थ न बर्थ गोविन्द गाई भनेजस्तो अपत्यारिलो ढंगले कथा अगाडि बढेको बढ्यै छ । १३ महिनाकी गर्भे तनुको चर्तिकला अचम्मको छ । त्योभन्दा अचम्मको शैली नेपाली दर्शकको छ । लोडसेडिङका कारण छोराछोरी पढ्न नपाएको भन्दा कुमकुम भाग्य हेर्न नपाएको चिन्ता जो छ । कथाको ताइ न तुइको विकासक्रमले दिक्क दर्शक केही समय रिमोट थिचेर अन्तै पुग्छन् । फेरी कुमकुम भाग्यमै फर्किन्छन् । मुर्ख बनाउने र मुर्ख बन्ने यो भन्दा उत्तम उपाय अरु के होला ? प्रस्तुतिः कन्चन न्यौपाने

Hindi Serial Kum Kum Bhagya