विदेश

अल सबावको आक्रमणमा परी १० सरकारी सेना मारिए

अल सबावको आक्रमणमा परी १० सरकारी सेना मारिए
असार - २७ । सोमालियामा बिद्रोही अल सबावको आक्रमणमा परि १० सरकारी सेना मारिएका छन् । al-shabab सोमालियाको राजधानी मोगाडिसुको दक्षिण पश्चिम क्षेत्रमा सेनाको बेस नजिकै बिद्रोही अल सबाबको आक्रामणमा परी १० सेनाको मृत्यु भएको हो । त्यस्तै अफ्गोय क्षेत्रबाट सेनाका गरेका कारबाहीमा परि १२ जना अल सबाबको लडाकु मारिएको सेनाले बताएको छ । तर बिद्रोही अल सबाबले भने आर्मी बेसको आक्रमण परि ३० सेना मारिएको दावी गरेको छ ।

Al-Shabab Somalia