अर्थ मेरो परिवार मेरो कथा समाचार समाज

रेलमा झन्डै हराएका थिए गभर्नर चिरञ्जीवी नेपाल

रेलमा झन्डै हराएका थिए गभर्नर चिरञ्जीवी नेपाल

मेरो जन्म २०१७ मा पाल्पाको पखरापरी भन्ने ठाउँमा भएको हो । हजुरबुबा पूर्व प्रधानमन्त्री केआई सिंहका मित हुनुहुन्थ्यो । गाउँको प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो । गाउँमा स्कुल खोल्न उहाँकै योगदान रह्यो । बुबा कुलानन्दले नेपनल र भा।रतमा पढ्नुभएको हो । त्यसपछि ग्रयाजुवेट भएर प्रहरीमा जागिर खान थाल्नभयो । उहाँ खुल्ला प्रतिस्पर्धाबाट इन्सिपेक्टर छानिने पहिलो ब्याजको इन्सिपेक्टर हुनुहुन्थ्यो ।

 बुवाको जागिर काठमाडौँमा थियो । कान्छो काकाले एसएलसी पास गरेपछि काठमाडौँ जाने कुरा गर्नुभयो । बुवाले काकासगै मलाई पनि काठमाडौँ ल्याउनु भन्नुभयो । त्यतिबेला म चार वर्षको मात्र थिएँ । काकासगँ बुटवल हुँदै भैरवा आएँ । त्यतिबेला जंगलमा खाजा खाएको याद छ । भैरहवामा जहाजको टिकट नपाएपछि रक्सौल हुँदैै वीरगञ्जबाट ट्रकमा काठमाडौँ आयौँ र नौतनुवाको रेलमा म झन्डै हराएको थिएँ । काठमाडौँ आएर डिल्लीबजार स्थित शिशु निकेतनमा भर्ना भएँ । त्यतिबेला बुवा उपत्यकाको डीएसपी भइसक्नुभएको थियो । भाइ गाउँमै थियो ।

शिशु निकेतन साह्रै राम्रो विद्यालय, भारतीय नागरिकले चलाएको । अनुशासित वातावरण थियो । म साझो थिएँ । खाजा चोरी हुन्थ्यो । महिनौँसम्म खान पाइएन । पढाइँ राम्रो थियो । पहिलो चाटि हिन्दी फिल्म त्यहीँ हेरेको हो । ‘दोस्ती’ फिल्मखम हेरेर रोएको अहिलेसम्म पनि याद छ । बुवाले अमेरीकाबाट परीक्षँ टप गरेर पाएको सुनको चिनोजस्तो थियो । मैले त्यो लगेर साथीलाई दिएँ । उसले मलाई मिठाई खुवायोे । पछि खोजेर ले भन्नुभयो बुवाले, तर ल्याउन सकिनँ । बुवाले मलाई स्वतन्त्र नै छोड्नुभएको थियो । तर आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने भएपछि जुझारु भइयो । पाँच बजे उठेर लेखपढ गर्ने बानी थियो । दसैँमा पहाड गइन्थ्यो तर त्यहाँ खासै साथिभाइ थिएनन् ।

शिशु निकेतनमा २ कक्षासम्म पढेर एकैचाटि कक्षा ५मा कीर्तिपूरको ल्याब स्कुलमा भर्ना भएँ । सात कक्षाको आधासम्म ल्याबामै पढेँ । एकजना राजगोपाल सर भन्ने थिए, विद्यार्थीलाई खुब पिट्ने । मैले त्यहीँ हो पिटाइ खाएको । त्यतिबेलासम्म बुवाले चाबहिलमा घर किनिसक्नुभएको थियो । हामी किर्तीपुरमा रहेको स्कुल जान गौशालाबाट बस चढ्थ्यौँ । भाइ पनि लयाबमै पढ्न थालिसकेको थियो । एकजना अनुप जंग थापा भन्ने मेरा साथी थिए । उनले एकदिन घरबाट पैसा चोरेर ल्याए । ६५ नम्बरको बस जान्थ्यो । तर हामी  बस छोडेर ‘बैंक रोबरी’ भन्ने देवकुमारको फिल्म हेर्न गौशलाबाट नयाँ बानेश्वर हुँदै अशोक सिनेमा हल पाटन गयौँ । १० पैसा पथ्र्यो टिकटको । अनि फिल्म हेरेर गौशल स्टपमा आइपुगियो । बाटोमा मुला गाँजर खाजा खायौँ । तर त्यही दिन भाइ बेनचबाट लडेर मुख सुन्निएको रहेछ । आमालाई पोल लगाइदियो । धेरै गाली खाइयो त्यसपछि कहिल्यै कक्षा छोडेर भागिएन । कक्षा सातको आधामा बुवाको राजविराज सरुवा भयो । राजविराजको एमी हाई स्कुलबाट सात कक्षा पास गरेँ । आठ कक्षामा सिद्धार्थ बोर्डिङ स्कुल काठमाडौँ पढ्न आएँ । तर त्यहाँ सबै खाजा प्रिनिसपलको छोरालाई बुझउनुपथर्यो ।

त्यो स्कुल अहिलेको रसियन कल्चर सेन्टर भएको ठाउँमा थियोे । पछि वनस्थलीसगँ मिलेर सिद्धार्थ बनसथली भयो । त्यहाँ फुटबल खेल्थेँ । आर्टमा काठमाडौँको तेस्रो भएँ । प्रिन्सिपलकोे दादा छोरालाई खाजा बुझाउनु पर्ने भएपछि आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ भन्ने भयो । आठ कक्षा त्यहाँ पढेपछि नेपालगञ्ज बुवाको सरुवा भएकाले त्यहाँ गएँ । त्यहीँ हुँदा बुवाको जागिर खोसियो । झुटा चार्ज लगाइयो । राजा विरेन्द्र भर्खर राजा भएका थिए । एश्वर्या रानीको दाइलाई आइजी बनाउन बुवालाई हटाउने प्रपञ्च रचियो । त्यसपछि पद्योदय आएँ । त्यहीँ शिशु निकेतनका साथी जयसिंह शाह भेटिए । उनी हाल नेपाल टीभीमा छन् । त्यससगैँ सुनिल थापा(पूर्व वाणिज्य मन्त्री), हरिवशं आचार्य मेरा सहपाठी बने । सुनिलका बुवा सूर्यबहादुर थापा(पूर्व प्रधानमन्त्री) जेलमा थिए । हामी दुइ भेट्न जान्थ्यौँ । त्यहाँ अलि महसुर भएँ । एकपटक झगडा भयो । मैले बक्सिङ हानेँ । ती साथीहरुले मलाई कृष्णबहादुर मानन्धर भन्ने सरकहाँ लिएर गए । उनले यो राजकुमारजस्तो केटा छ, कहाँ पिट्यो होला र भनेर छाडिदिए । दस कक्षामा पढ्दा बुवाले व्यापार गर्न थाल्नुभएको थियो भैरहवामा । त्यहीँबाट एसएलसी दिएँ । दस कक्षासम्म पुग्दा धेरै विद्यालय चहारेँ । यसले साथीभाइ त भए तर निरन्तरता भएन । एसएलसी पछि आइएस्सी पढ्न त्री चन्द्र कलेज आएँ । त्यसपछि बीए पढ्न पाल्पा क्याम्पस गएँ ।

त्यहाँ स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएँ । त्यसपछि त्रीभूवन विद्यालयमा सभापति हुन चाहन्थेँ । तर पाइँन । त्यसपछि पढ्नुपर्छ भनेर अर्थशास्त्रमा ध्यान दिएर पढ्न थालें  । बनारस विश्वविद्यालयबाट पीएचडि गरेँ । उद्योगमा श्रमिकको सम्बन्ध विषयमा गरेको हुँ । विश्वविद्यालयमा पढाएँ । बाहिर पनि पढाएँ । धितेपात्रो बार्डको अध्यक्ष पनि भएँ । राजनितीमा पनि लागेँ । मेरो भाइबहिनीहरुलाई सुझाव–आफूलाई चित्तबुझेको काम गर्नुपर्छ । विद्यार्थीले राजनीति बुझ्नुपर्छ । मुलुक राजनीतिले नै चलाउने भएकाले बुझ्नु जरुरी छ ।

(कोपिलाबाट)

chiranjivi nepal governer railma jhandai harayeko