ताजा खबर विदेश

उत्तर कोरियाद्वारा अर्काे क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा अर्काे क्षेप्यास्त्र परीक्षण
 २५ असार । उत्तर कोरियाले शनिबार एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको छ । uttar koriya दक्षिण कोरियाको रक्षामन्त्रालयले शनिबार गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने खालको हो । तर यो पनि क्षेप्यास्त्र नै भएको दक्षिण कोरियाले जनाएको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्ने गरेको समुद्रको पूर्वी तटीय क्षेत्रमा प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए । यी दुई देशको सो घोषणाको दुई दिनपछि उत्तर कोरियाले नै यो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने त्यसको निन्दा गरेको छ । शनिबार बिहान उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रबाट सो क्षेप्यास्त्र फालिएको र सो परीक्षण राष्ट्रसंघीय कानुनको विपरीत भएको बताइएको हो । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो ।

uttar koriya