खेल ताजा खबर विदेश

२५ वर्ष कान्छी प्रेमिकासँग बिहे गर्दै पेले

२५ वर्ष कान्छी प्रेमिकासँग बिहे गर्दै पेले
काठमाडौं २५ असार,। ब्राजिलियन फुटबल लेजेन्ड पेलेले तेस्रो विवाह गर्ने भएका छन् । र, ७५ वर्ष उनले आफू भन्दा २५ वर्ष कान्छी जापनिजलाई दुलही बनाउन लागेका हुन् । pele पेलेले मासिया सिबेलो अओकीसँग शनिबार बिहे गर्दैछन् । र,साओ पाओलोको ग्वारुजामा सानो समारोहका बीच विवाह सम्पन्न हुन लागेको द सनले जनाएको छ । पेले र मासिया सिबेलो अओकी पछिल्लो ६ वर्षदेखि प्रेममा छन् । उनीहरुले पहिले नै विवाहको योजना बनाएका थिए । तर, पेलेको स्वास्थ्यमा समस्या आएपछि सरेको थियो । पेले र उनकी प्रेमिकाबीच न्यूयोर्कमा एक पार्टीका क्रममा २००८ मा भेट भएको थियो । तर, २०१० देखि प्रेम सम्वन्धमा छन् । पेलेले आफ्नो प्रेमिका अओकीलाई पहिलो पटक २०१२ मा मोनाकोमा भएको एक फुटबल अवार्ड समारोहमा सार्वजनिक गरेका थिए । पेलेको पहिलो श्रीमतीबाट तीन छोराछोरी छन् । दोस्रो श्रीमतीबाट दुई सन्तान छन् ।