मनोरञ्जन समाचार

आयो लालजोडीको क्या ब्युटी

आयो लालजोडीको क्या ब्युटी

काठमाडौं । लालजोडी फिल्मको ‘आज त क्या ब्युटी’ गीत हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक भएको छ । केही साताअघि नै अडियो सार्वजनिक गरिएको फिल्मको एउटा भिडियो मंगलबारबाट  दर्शकमाझ ल्याइएको हो । १७ भदौबाट प्रदर्शन हुने फिल्मको सार्वजनिक भिडियोमा नक्कली डा. बाबुरामका रूपमा चर्चित हास्य अभिनेता ज्योति काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, गोविन्द कोइराला (जयन्ते) र पुरन थापाले नृत्य गरेका छन् । राजेशपायल राई र मनीषा पोखरेलले गाएको यो गीत दिनेश सुवेदीले लेखेका हुन् । यसमा संगीत टंक बुढाथोकीको छ । दामनमा खिचिएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

 

दिलासा क्रिएसनको ब्यानर, लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको ‘लालजोडी’ हास्य प्रधान फिल्म हो । रामेश्वर कार्कीले खिचेको फिल्म नवीन निरौलाले सम्पादन गरेका छन् । प्रदर्शनपूर्व नै चर्चामा रहेको फिल्ममा चर्चित हास्य कलाकारको बाहुल्यता छ । फिल्ममा ज्योति, रजनी, आयुष्मा, बुद्धि, गोविन्द, पुरनका साथै मधुसूदन पाठक (ए हो ठिकै छ), किशोर भण्डारी (डिठ्ठा साब), रेश्मा तिमिल्सिना (बुनु मैचा), सिपी पौडेल, यादव पुडासैनी, ज्याक श्रेष्ठ, सुशील पंगेनीलगायतले अभिनय गरेका छन् ।

Lal jodi