ओटोमोबाइल

आइएमर्इ अटोमोटिभ्स् आठौं वर्षमा

आइएमर्इ अटोमोटिभ्स् आठौं वर्षमा
असार - १० । आइएमई अटोमोटिभ्स् विविध कार्यक्रमसहित ८औं वार्षिकोत्सव मनाएको छ । आइएमई ग्रुपअन्तर्गतको आइएमर्इए अशोक लेल्याण्डको नेपालको आधिकारिक बिक्रेता हो । ashok loyland  अशोक लेल्याण्डका गाडीको बिक्री उत्साहजनक भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए । साझाले अशोक लेल्याण्डका ३० वटा गाडी किन्ने सम्झौंता गरिसकेकाे जानकारी दिए । उनले आठ बर्षको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रमा आइएमर्इले सफलता प्राप्त गरेको बताउँदै सफलताको श्रेय कर्मचारीको लगनशिलता भएको बताए । सन् २००९ मा स्थापना भएको आइएमईए एस्कर्ट्स् ग्रुप (भारत) अन्तर्गतको एस्कर्ट्स् ब्राण्डको कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक वितरक र नेपालकालागि अमेरिकी बाइक कम्पनी यूएम इन्टरनेशनल एलएलसीको आधिकारिक वितरक हो । एस्कर्टस ब्राण्डका कन्स्ट्रक्सन इक्विपमेन्टलार्इ नेपाली निर्माण व्यवसायीले धेरै रुचाएका छन् । युवापुस्तालार्इ लक्षित गरेर निर्माण भएको यूइम वाइकको समेत विस्तारै लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

ashok loyland