अर्थ कर्पोरेट प्रवास

भाइबरले नेपालमा लगानी विस्तार गर्ने

भाइबरले नेपालमा लगानी विस्तार गर्ने
असार - ९ । भाइबरले नेपालमा लगानी विस्तार गर्ने भएको छ । काठमाडाैंमा गएककाे एक कार्यक्रममा उक्त जानकारी दिएकाे हाे । viber कम्पनीले आफ्ना भविष्यका योजना बारेमा जानकारी दिदै भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले उक्त घोषणा गरेका हुन् ।  ‘भाइबरका लागि नेपाल एक प्राथमिक बजार हो’ उनले भने ‘भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक छौँ ।’ विश्वभरी ७ करोड र नेपालमै ४५ लाखले भाइबरको प्रयोग गर्छन् । नेपालमा प्रचलित सामाजिक मिडिया एप्समध्ये भाइबर पनि एक हो । कम्पनीले यस वर्षको शुरुवातदेखि नै स्थानीय भाषामा स्टीकरहरु उपलब्ध गराउँदै आएको छ । नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर प्याकको घोषणा गरेको हो । पछिल्लो केही वर्षयता भाइबरले नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको कम्पनीले बताएको छ । यही सफलतासँगै भाइबरले निकट भविष्यमा नेपालमा एक बृहत डिजिटल सञ्चार एप्सको रुपमा स्थापित हुने लक्ष्य लिएको छ । नेपाली नयाँ वर्ष २०७३ का अवसरमा भाइबरले रू. १० हजार बराबरको स्टिकर प्याक निःशुल्क उपलब्ध गराएको थियो । यसले कुराकानीमा अपनत्वका साथै प्रयोगकर्ताहरु माझ बृहत् संवेदना पनि प्रवाह गरेको कम्पनीको बुझाई छ । कम्पनीले यही सफलतालाई दृष्टिगत गर्दै स्थानीय सेवाप्रदायकसँग सहकार्य गर्न र आगामी केही महीनामै नेपालभर आफ्नो सेवा विस्तार गर्र्ने योजना बनाइरहेको कार्यक्रम मार्फत जानकारी दिएको छ ।

vibar