अर्थ कर्पोरेट

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’
असार - ७ । निजी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । Ncell-logo1 नयाँ योजना डे भ्वाइस प्याक बुधबारबाट लागु हुने एनसेलले जनाएको छ । योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित ८ रुपैयाँमा खरिद गर्न सक्नेछन् । प्याक सुचारु भए पछि प्रति मिनेट २७ पैसामा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सकिनेछ । यो प्याकको सुविधा बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म मात्रै लागु हुने एनसेलले जानकारी गराएको छ ।

Ncell